खेल

यु १५ काे उपाधि जित्ने नेपालकाे लक्ष्य

भुटान- पन्ध्र वर्षमुनि उमेर समूह (यु १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ। 

बंगलादेशमा गतवर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने दाउमा रहेका छन। यो दोस्रो संस्करणको प्रतियोगिता हो। 

विगतमा भन्दा यसपटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले बताइन्। उनले खेलाडीको नियमित तालिमसँगै मनोबल पनि उच्च रहेकोले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यक्त गरिन् । पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको टिप्पणी गर्दै प्रशिक्षक गुरुङले भनीन “खेल हो हार जित त भइहाल्छ तर नेपाली चेलीले उत्कृष्ट प्रर्दशन गर्नेछन्।”

पहिलो संस्करणको खेलमा भने नेपालले सन्तोषजनक प्रर्दशन गर्न सकेको थिएन। पहिलो संस्करणमा खेलेका खेलमा नेपालले कुनैमापनि जीत हात पार्न सकेन। 

नेपाली टोलीकी कप्तान प्रिति राईले अन्तर्राष्ट्रिय तालिम नलिएता पनि प्रतियोगिता अन्तर्गतका खेलमा सत प्रतिशत दिएर खेल्ने बताइन। नेपालले यही साउन २६ गते पाकिस्तानसँग पहिलो खेल खेल्दैछ। समूह बी मा रहेको नेपालको समूहमा पाकिस्तानसँगै बंगलादेश समावेश छ। बंगलादेश गत संस्करणको उपाधि विजेता समेत हो। 

यस्तै समूह ए मा भारत, श्रीलंका र भुटान रहेका छन्। भोलि (विहिवार) देखि सुरु हुने प्रतियोगताको उद्घाटन खेलमा भारत र श्रीलंका भिड्नेछन भने दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ। 

अभ्यासरत नेपाली टाेली :

#यु १५ महिला  साफ च्याम्पियनसिप #उपाधि #नेपाल