खेल

तेक्वान्दो टोलीलाई इन्टाको प्रायोजन

काठमाडौं – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (इन्टा) ले इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई प्रायोजन गरेको छ।

सहभागी खेलाडीलाई इन्टाले २ लाख बराबरको ट्य्राक सुट प्रायोजन गरेको राष्ट्रिय टिमका प्रशिक्षक दीपक विष्टले जानकारी दिए।

लामो समय नेपाली तेक्वान्दोको राष्ट्रिय टिममा खेलेका पूर्वखेलाडीहरूको संस्था इन्टाले नेपाली तेक्वान्दो खेलाडीको प्रोत्साहनका लागि विभिन्न समयमा सहयोग गर्दै आएको छ। 

 

प्रकाशित: २२ श्रावण २०७५ २३:५६ मंगलबार

#तेक्वान्दो खेल #इन्टाकाे प्रायाेजन