काठमाडौं – भारतको पुनेमा हुने इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।
बिहीबारबाट आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको तर्फबाट ४ पुरुष खेलाडीले सहभागिता जनाउँदै छन् भने मेघराज कठायत प्रशिक्षक रहेका छन् । प्रतियोगितामा प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्नेछन्।
१६ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिए।
प्रकाशित: २२ श्रावण २०७५ २३:५४ मंगलबार