खेल

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

काठमाडौं – ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले खराब प्रदर्शन गरिहेको छ। नेपालले ८८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ। 

भर्खरै मात्र पाँचौं विकेटका रुपमा रोहितकुमार पौडेल ब्याक्तिगत ६ रन जोड्दै मिचेल रिप्पोनको बलमा आउट भएका छन्। पौडेलले १५ बलमा १ चौका प्रहार गरेर ६ रनमा आउट भए। यसअघि पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३, दोस्रो विकेटका रुपमा अनिलकुमार शाह ४, तेस्रो विकेटका रुपमा सुवास खकुरेल समान १९ र चौंथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १९ रन बनाएर रन आउट भएका थिए। ऐरीले आउट हुनुपूर्व १७ बलमा ३ चौंकाको मद्दतले १९ रन बनाए। 

मल्ल २४ बलमा २ चौंकाको सहायतामा १३, शाह ३ बलमा १ चौंकाको सहायतामा ४ र खकुरेलले ३३ बलमा ३ चौंकाको मद्दतमा १९ रन जोडदै पवेलियन फर्किए। नेदरल्याण्ड्सका फ्रेड कलसिनले तीन र मिचेल रिप्पोनले एक विकेट लिए। अहिले क्रिजमा कप्तान पारस खड्का र आरिफ शेख खेलिरहेका छन्।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा नेपालले टस हारेर बलिङ गरेको थियो। यसअघि खेलेको पहिलो खेलमा भने नेपाल कमजोर ब्याटिङका कारण पराजित भएको थियो। शृङ्खला बराबरी गर्न आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ।

आजको खेलका नेपालले ३ खेलाडी परिवर्तन गरेको छ। शरद भेषावकर,शक्ति गौचन र करण के.सी को ठाउँमा सुवाष खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेलले खेलिरहेका छन्। 

ताजा अवस्थामा नेपालले २२.२ ओभरमा ५ विकेटको क्षतिमा ९५ रन बनाएको छ।

 

प्रकाशित: १८ श्रावण २०७५ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App