खेल

हिउँदे ओलम्पिकका लागि दाबी

रोम – इटालीको ओलम्पिक कमिटीले २०२६ को हिउँदे ओलम्पिकका लागि दाबी गर्ने घोषणाा गरेको छ।

‘हामीले अन्तार्रष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) समक्ष २०२६ को हिउँदे ओलम्पिकका लागि मिलान, टुरिन र क्रोटिना सहरमा आयोजनको प्रस्ताव प्रस्तुत गरिसकेका छौं,’ इटालीको ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीनवटै सहरले ओलम्पिक कमिटीसमक्ष छुट्टाछुट्टै प्रतिवेदन प्रूतुत गरेका थिए । ओलम्पिक कमिटीले तीनवटै  सहरको प्रतिवेदनपछि तीनवटै सरहमा संयुक्त आयोजनाका लागि आइओसीसमक्ष पठाएको हो।

‘यो हाम्रा लागि ठूलो अवसर हो र हामी सबै हिउदे ओलम्पिकको आयोजना अधिकार पाउनेमा आशावादी छाैं,’ विज्ञप्तिमा भनिएको।

इटालीले २००६ मा टुरिन सहरमा हिउदे ओलम्पिक आयोजना गरेको थियो । २०२६ को हिउँदे ओलम्पिकको आयोजनाका लागि मिलानमा २०१९ मा  बस्ने आइओसीको बैठकले अन्तिम निर्णय गर्नेछ।

प्रकाशित: १८ श्रावण २०७५ ०५:१५ शुक्रबार

हिउँदे ओलम्पिकका लागि दाबी