खेल

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

कायरो – इजिप्ट फुटबल संघ (इएफए) ले बिहीबार हाभियर एग्युरीलाई ४ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

गत महिना रूसमा सम्पन्न विश्वकपको समूहचरणबाटै बाहिरिएपछि इएफएले तत्कालीन प्रशिक्षक हेक्टर कुपरसँगको सम्झौता अन्त्य गरेको थियो।

एग्युरीले यसअघि २ पटक मेक्सिको र १ पटक जापानको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।
‘हामीले हाभियर एग्युरीको इतिहास अध्ययनपछि मात्र उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेका हौं,’ इएफएका प्रमुख हाने अबु रिडाले भने।

एग्युरीले पछिल्लो पटक २०१५ देखि २०१७ सम्म युएईको अल वाहाडा क्लबलाई प्रशिक्षण दिएका थिए। उनको सम्झौता २०२२ सम्म रहनेछ।

‘म इजिप्ट राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न पाउँदा खुसी छु । म इएफएले मबाट राखेको अपेक्षा पूरा गर्नेमा आशावादी छु,’ एग्युरीले भने।

 

प्रकाशित: १८ श्रावण २०७५ ०५:०८ शुक्रबार

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक