खेल

नेपाललाई अर्को सफलता, सन्दिपले लिए विकेट

काठमाडौं – नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएको छ।

नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि तेस्रो विकेट युवा लेग स्पिनर सन्दिप लामिछानेले लिए। 

सन्दिपले १२.२ ओभरमा नेदरल्याण्ड्सका स्टेफन माइवर्गलाई बोल्ड आउट गराएका छन्। माइवर्ग ३२ बलमा ४ चौंका र १ छक्काको मद्दतमा २९ रन जोड्दै आउट भएका हुन्।

ताजा अवस्थामा नेदरल्याण्ड्सले १४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ।

यसअघि पहिलो विकेटका रुपमा सोमपाल कामीले डेनीयल ब्रेकलाई १ रनमा बोल्ड आउट गरेका थिए। त्यस्तै दोस्रो विकेटका रुपमा कप्तान पारस खड्काले बे्रन कुपरलाई एलबिडब्लु आउट गराएका थिए।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा भइरहेको खेलमा नेपालले टस हारेपछि पहिला बलिङ गरेको हो।

 

प्रकाशित: १६ श्रावण २०७५ १०:०६ बुधबार

नेपाललाई सफलता सन्दिपले लिए विकेट