खेल

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

काठमाडौं – नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ।

नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि दोस्रो विकेट कप्तान पारस खड्काले लिएका छन्।

पारसले ७.४ ओभरमा नेदरल्याण्ड्सका बेन कुपरलाई एलबिडब्लुको सिकार बनाए। कुपर १७ बलमा ४ चौंकाको मद्दतमा २० रन जोड्दै आउट भएका हुन्। ताजा अवस्थामा नेदरल्याण्ड्सले ९.३ ओभरमा २ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ।

यसअघि पहिलो विकेटका रुपमा सोमपाल कामीले डेनीयल ब्रेकलाई १ रनमा बोल्ड आउट गरेका थिए। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा नेपालले टस हारेपछि पहिला बलिङ गरेको हो।

 

 

प्रकाशित: १६ श्रावण २०७५ ०९:४६ बुधबार

नेपाललाई दोस्रो सफलता पारसले लिए विकेट