खेल

गल्फ खेलाडी थाइल्याण्ड लागे

काठमाडौं - इन्डोनेसियामा आयोजना हुने १८ अाैं एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली साेमबार थाइल्याण्ड प्रस्थान गरेको छ। 

आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन्। नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन्। 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरेको भन्दै सफलताको शुभकामना दिए। गल्फ खेलाडीमा टङ्कबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक रहेका छन्। 

प्रकाशित: १४ श्रावण २०७५ १३:१८ सोमबार

गल्फ खेलाडी थाइल्याण्ड लागे