खेल

नेपालद्वारा एमसिसी ९ विकेटले पराजित

लन्डन - नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) लाई ९ विकेटले पराजित गरेको छ । लन्डन स्थित लर्डस क्रिकेट मैदानमा वर्षाका कारण ६/६ ओभरमा छोट्याइएको खेलमा नेपालले एमसिसीलाई ९ विकेटले पराजित गरेको हो।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको एमसिसीले महेला जयवर्द्धनाको अविजीत २४ रनको साहयतामा निर्धारित ६ अाेभरमा ४ विकेट गुमाउदै ४० रन जोडेको हो। एमसिसीलाइ सस्तैमा राेक्ने क्रममा साेमपाल कामीले २ विकेट लिए। जितकालागि निर्धारित ६ ओभरमा ४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सुवास खकुरेलले अविजीत रहँदै १६ रन जोडे। यस्तै ज्ञानेन्द्र मल्ल १२ रनमा अविजीत रहे भने अनिल शाह ९ रनमा आउट भएका थिए।

नेपालले अब दोश्रो खेलमा अहिले केहि बेरमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ।  

प्रकाशित: १३ श्रावण २०७५ १५:०१ आइतबार

नेपालद्वारा एमसिसी विकेटले पराजित