खेल

इरिक्सनले टोली सम्हानेमा इराक विश्वस्त

बग्दाद – इराकी फुटबल अधिकारीहरूले आगामी वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा टोलीको प्रशिक्षण इङ्ल्यान्डका पूर्वप्रशिक्षक स्भेन–गोरान इरिक्सनले सम्हाल्नेमा विश्वस्त भएको बताएका छन्।

अधिकारीहरूले यसै साता इराक फुटबल संघ र इरिक्सनका प्रतिनिधिबीच इस्तानबुलमा भेट भएको बताउँदै स्विडिस प्रशिक्षकले इराकी टोलीको प्रशिक्षण सम्हाल्न सहमत भएको बताए । उनीहरूले सम्झौताका बारेमा सोमबारसम्ममा अन्तिम निर्णय लिइसक्ने बताएका छन् । तर इरिक्सनका प्रतिनिधिले भने यस विषयमा कुनै निर्णय भइनसकेको बताएका छन्।

१२ वर्षअघि एसिया कपको उपाधि उचालेको इराकले जनवरी ५ बाट सुरु हुने प्रतियोगिताको समूहचरणमा भियतनाम, इरान र यमनसँग प्रतिस्पर्धा गर्नेछ।

२००२ मा इङ्ल्यान्डलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएका इरिक्सनले २०१० को विश्वकपमा आइभोरी कोस्टलाई प्रशिक्षण दिएका थिए । त्यसपछि भने उनले कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका छैनन्।

 

प्रकाशित: १३ श्रावण २०७५ ०४:२२ आइतबार

इरिक्सनले टोली सम्हानेमा इराक विश्वस्त