खेल

भ्रष्टाचारबारे अनुसन्धान सुरु

अबुजा – नाइजेरिया फुटबल संघ (एनएफएफ)ले  सहायक प्रशिक्षक सालिसु युसुफविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

मंगलबार सार्वजनिक गरेको एक भिडियो फुटेजमा युसुफले एक व्यक्तिसँग १ हजार डलर लिइरहेको देखिएको थियो । सञ्चारमाध्यमले २०१८ को अफ्रिकन नेसन्स च्याम्पियनसिपमा दुई युवा खेलाडीलाई नाइजेरियाली टोलीको छनोटमा समावेश गर्ने सर्तमा युसुफले रकम लिएको उल्लेख गरेका थिए । त्यस्तै प्रतियोगिताका लागि घोषित टोलीमा छनोट भएमा थप १५ प्रतिशत रकम दिने समझदारी भएको उल्लेख गरेका थिए।

तर युसुफले भने बिबिसीलाई पत्रमा लेख्दै आफूले दुई व्यक्तिलाई भेटेको स्वीकार गरे पनि रकम लिएको आरोपको भने खण्डन गरेका थिए । युसुफले बिबिसीलाई लेखेको पत्रमा उनले आफूले दुई व्यक्तिलाई भेटेको स्वीकार गरे पनि रकम लिएको आरोपको भने खण्डन गरेका थिए।

‘एनएफएफले युसुफले खेलभावनविपरीत कार्य गरेको वा नगरेको बारे प्रारम्भिक अनुसन्धान थालेको छ ,’ एनएफएफका सञ्चार निर्देशकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रकाशित: १३ श्रावण २०७५ ०४:१६ आइतबार

भ्रष्टाचारबारे अनुसन्धान सुरु