खेल

एसियाली खेलकूदमा सहभागी नेपाली खेलाडीकाे पाेशाकमा एकरुपता हुने

पाेशाक हस्तान्तरण कार्यक्रम । तस्विर : नेपाल ओलम्पिक कमिटी

काठमाडौं - यस पटकको एसियाली खेलकूद (एसियाड) प्रतियोगतामा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ। आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा आयोजना हुने १८ आैं संस्करणको उक्त खेलकूद प्रतियोगितामा सहभागी हुने १८५ खेलाडीका लागि चाइनाको इजिलिटी ग्रुपले खेलाडीको जुत्तादेखि टोपीसम्म उपलब्ध गराएको हो। 

नेपाल ओलम्पिक कमिटीद्वारा  शुक्रबार आयोजित एक कार्यक्रममा इजिलिटी ग्रुपका निर्देशक अल्बर्ट चाङले आयोजकका अध्यक्ष जीवनराम श्रेष्ठलाई उक्त खेलकूद सामाग्री हस्तान्तरण गरेका हुन। 

कार्यक्रममा बाेल्दै अध्यक्ष श्रेष्ठले खेलकूदको माध्यमबाट दुई देशको सम्बन्ध सुमधुर हुने भन्दै नेपाली खेलकूद क्षेत्रको विकासका लागि चाइनाले महत्वपूर्ण सहयोग गर्दै आएको बताए। त्यस्तै इजिलिटी ग्रुपका निर्देशक चाङले नेपाली खेलाडीले एसियाडमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। 

एसियाडमा स्क्वास थपियो 
एसियाली खेलकुद प्रतियोगितामा नेपालले अब २९ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि कायम भएको २८ खेलमा स्क्वास खेल थप गरिएको हो । स्क्वासमा चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। रासस

प्रकाशित: ११ श्रावण २०७५ १६:०८ शुक्रबार

एसियाली खेलकूदमा सहभागी नेपाली खेलाडीकाे पाेशाकमा एकरुपता हुने