खेल

अन्नपूर्ण क्लब च्याम्पियन

सर्लाही – हरिवन नगरपालिका स्तरीय अण्डर १५ फुटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण युवाक्लब धरहराले चुमेको छ।

सोमबार साँझ सम्पन्न फाईनल प्रतियोगितामा आयोजक हिमाली युवा क्लबलाई ५–२ गोलले पराजित गर्दै अन्नपूर्णले प्रथम उपाधी हातपारेको हो।

७ वटा टिम सहभागि प्रतियोगिताको उपाधी विजेता टिमलाई प्रथम शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका संयोजक रनजित धमलाले जानकारी दिए । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक हिमाली युवा क्लबले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७५ ०४:२३ मंगलबार

अन्नपूर्ण क्लब च्याम्पियन