खेल

आयरल्यान्डलाई इङ्ल्यान्डको आतिथ्यता

लन्डन – इङ्ल्यान्डले आगामी जुलाईमा टेस्ट क्रिकेटका लागि आयरल्यान्डलाई अतिथ्यता प्रदान गर्ने भएको छ ।आयरल्यान्डले गत मेमा पाकिस्तानविरुद्ध पहिलो टेस्ट शृंखला खेलेको थियो । २०१९ को जुलाई २४ देखि २८ सम्म ऐतिहासिक ४ दिने टेस्टका लागि आयारल्यान्डलाई अतिथ्यता प्रदान गर्ने लागेको हो।

क्रिकेटको सबैभन्दा लामो संरचना टेस्टमा यी दुई छिमेकी राष्ट्र आमने–सामने हुन लागेको यो पहिलो पटक हो ।इङ्ल्यान्डले आयरल्यान्डविरुद्धको खेललाई अस्ट्रेलियासँग २०१९ अगस्टमा १ इडगावास्टन सुरु हुने एसेस शृंखलाको तयारीका रूपमा लिने बताएको छ । एसेज शृंखलाको दोस्रो खेल लडर््समा, तेस्रो खेल हेडिङलेमा, चौथो खेल ओल्ड ट्राफोर्डमा र अन्तिम खेल ओभलमा हुनेछ।

‘हामी आयरल्यान्डलाई पूर्ण सदस्यताको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्णयको स्वागत गर्दछांै,’ इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)का प्रमुख टम ह्यारिसनले भने, ‘अर्को वर्ष हुने ऐतिहासिक ४ दिने टेस्ट शृंखला उपलब्धिपूर्ण हुनेमा हामी विश्वस्त छौं।

आयरल्यान्डविरुद्धको शृंखला हाम्रा लागि एसेस शृंखलाका लागि राम्रो तयारी हुनेछ । आयरल्यान्डले पहिलो टेस्टमा पाकिस्तानलाई गतिलो चुनौती दिँदै जुनसुकै टोलीसँग खेल्न सक्षम भएको प्रमाणित गरिसकेको छ।’

प्रकाशित: ४ श्रावण २०७५ ०४:५० शुक्रबार

आयरल्यान्डलाई इङ्ल्यान्डको आतिथ्यता