खेल

विश्वकप फाइनल : पहिलाे हाफमा क्राेएसिया विरुद्ध फ्रान्सकाे अग्रता

काठमाडाैं - पहिलो पटक विश्वकप उपाधि उचाल्ने तयारीमा रहेको क्रोएसिया पहिलो हाफको खेलमा अभाग्यमानी सावित भएको छ । पहिलो गोल आत्मघातीका रुपमा खाएको क्रोएसियाले दोश्रो गोल पेनाल्टी मार्फत खान पुग्यो । पहिलो हाफमा निकै प्रतिष्पर्धात्मक बनेको खेलमा फ्रान्सले अग्रता कायम गर्न सफल भएको छ । फ्रान्सले क्रोएसिया विरुद्ध २-१ को अग्रता बनाउन सफल भयो।

रुसको लुज्निकी रङ्गशालामा जारी २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि भिडन्तमा १८ औं मिनेटको आत्मघाती गोलसँगै खेलमा पछि परेको क्रोएसियाले त्यसपछि भने उत्कृष्ट पुनारागमन गरेको थियो तर खेलको ३८ औं मिनेटमा पुनः फ्रान्स पेनाल्टी मार्फत अग्रता बनाउन सफल भयो। क्रोएसियाका एन्टे रेविकले फ्रान्सका पौल पोग्बालाई डिबक्स नजिक लडाएपछि पाएको फ्रिकिकलाई एन्टोनियो ग्रिजम्यानले प्रहार गरेका थिए । ग्रिजम्यानले प्रहार गरेको बल मारियो मान्डजुकिचको टाउकोमा लाग्दै गोल भएपछि क्रोएसिया आत्मघाती गोल खान बाध्य भएको थियो । तर खेलको २८ औं मिनेटमा इभान पेरिसिचको उत्कृष्ट गोलमार्फत क्रोएसियाले खेललाई बराबरीमा ल्याइपुर्यायो । पेरिसिचले डोमागोज भिडाको पासलाई डिबक्स भित्रबाट प्रहार गर्दै गोलपोष्टको जाली चुमाएका थिए।

२८ मिनेटपछि बराबरीमा अघी बढीरहेको खेलले फेरि ३८ औं मिनेटमा आफ्नो स्कोरबोर्ड परिवर्तन गर्न पुग्यो । डिबक्स भित्र रहेका क्रोएसियाका इभान पेरिसिचको हातमा बल लाग्न पुग्दा फ्रान्सले खेलमा अग्रता बनाउने अवसर प्राप्त गर्यो जसलाई एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गर्दै आफ्नो टोलिलाई पहिलो हाफमा २ १ को अग्रता दिलाउन सफल रहे।

करिब एक महिनाको अवधि र ६३ खेलपछि अन्ततः विश्वले अहिले केहिबेरमा नयाँ च्याम्पियन पाउँदैछ ।
गु्रप अफ डेथका रूपमा हेरिएको समूह ‘डी’ बाट विजेता बन्दै अघि बढ्ने क्रममा नाइजेरिया, अर्जे्न्टिना र आइसल्यान्डलाई पराजित गरेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको चुनौती पेनाल्टी सुटआउटमा समाप्त पारेको थियो। त्यस्तै क्रोएसियाले सेमिफाइनलमा इङ्ल्यान्डलाई अतिरिक्त समयमा निराश पारेको थियो।

यस्तै फ्रान्सले समूह चरणमा अष्ट्रेलिया, पेरुलाई हराएको थियो भने डेनमार्कसँग बराबरी खेलेको थियो । शिर्ष १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्सले क्वार्टरफाइनलमा भने उरुग्वेलाई २–० ले हराएको थियो । सन् २००६ पछि पहिलो पल्ट फाइनलमा स्थान सूरक्षित गर्ने क्रममा फ्रान्सले सेमिफाइनलमा बेल्जियमको चुनौति १–० ले पाखा लगाएको थियो।

प्रकाशित: ३१ असार २०७५ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App