खेल

डालिचको कठिन बाटो

मस्को – साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स(युएइ)मा प्रशिक्षण जिवन विताएपछि क्रोएसियाको जिम्मेवारी सम्हालेका ज्लाट्को डालिचले आफ्नो प्रशिक्षण क्षमता कहिल्यै धुमिल नहुने विश्वास व्यक्त गरेका छन्। 

‘मैले भन्ने गरेको छु । बार्सिलोना वा रियाल मड्रिडको जिम्मेवारी दिए पनि म उपाधि जिताउन सक्छु,’ क्रोएसियाका प्रशिक्षक डालिचले भने। 

विशेष गरी डालिचले आइतबार फुटबलको सबैभन्दा ठुलो उपाधि जिते, उनले छोटो समयमा अविश्सनीय सफलता हासिल गर्नेछन् । डालिचको टोलीले फ्रान्सलाई हराए क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि जित्नेछ ।  प्रशिक्षक करियर शुरू गर्नुअघि पनि ५१ वर्षे डालिचले खेलाडीका रूप पनि ठुलो सफलता हासिल गरेका छैनन्। 

‘मैले जिवनमा सधै कठिन बाटो हिड्नु पर्याे । मेरो जिवनको सबै समय संघर्षमा वित्यो, लुजनिकी रंगशालामा डालिचले भने, ‘मैले तल्लो तहबाट संघर्ष गर्दै आएको छु ।’ २०१० मा मध्य एसिया जानुअघिसम्म उनी अपरिचित जस्तै थिए।

‘म क्रोएसियामा मध्यम स्तरको प्रशिक्षक मात्र भएर बस्न चाहन्नथे,’ डालिचले थपे, ‘म सम्भव भएसम्म देश बाहिर गएर काम गर्न चाहन्थे ।’ अल–हिलाल पुगेका डालिकले अल–अइनबाट साउदी क्राउन प्रिन्स कपको उपाधि जितेका थिए भने एसियन च्याम्पियन्स लिग फाइलनमा खेलेका थिए। 

‘ती एसियाका ठुला प्रतियोगिताहरु थिए,’ क्रोएसियाका प्रशिक्षक डालिचले भने, ‘त्यसले मलाई धेरै अनुभव बटुल्ने मौका दियो । मैले आफ्नो नाम स्थापित गर्नुपर्ने थियो । जुन निकै कठिन थियो । तर, मलाई आफूमाथि विश्वास थियो । जब क्रोएसियाले मलाई बोलायो म केही नसोची यहाँ आए ।’ क्रोएसियाले बेलाएसँगै प्रशिक्षकका रुपमा डालिचले गरेका ७ वर्षसम्को संघर्षले नयाँ बाटो समात्यो।

डालिचले विश्वकप छनोटको प्लेअफमा क्रोएसियाको प्रशिक्षण सम्हालेका थिए । प्लेअफका दुबै खेलमा क्रोएसियाले युक्रेनलाई पराजित गरेको थियो । अहिले डालिचले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका छन्। 

उपाधिका लागि फ्रान्सविरुद्ध खेल्नुअघि डालिचले संचारकर्मीसँगको अन्तरक्रियामा भने, ‘खेलाडीका रुपमा पाएको सफलताका कारण धेरैले युरोपका ठुला क्लबमा प्रशिक्षणको जिम्मेवारी पाउछन् । तर, म त्यस्तो सहज बाटोबाट आएको होइन।’ 

प्रकाशित: ३१ असार २०७५ ११:१८ आइतबार

डालिचको कठिन बाटो