खेल

चेल्सीको नयाँ प्रशिक्षकमा सारी

काठमाडौं - इंग्लिस क्लब चेल्सीले आफ्नो नयाँ प्रशिक्षकमा मौरिजियो सारीलाई नियुक्त गरेको छ । चेल्सीले शुक्रबार प्रशिक्षक एन्टोनीयो कोन्टेसँगको सम्झौता अन्त्य भएको घोषणा गरेको अर्को दिननै इटालीयन क्लब नापोलीका पूर्वप्रशिक्षक सारीलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियूक्त गरेको हो।  

दुई वर्ष चेल्सीमा विताएका कोन्टेले गत सिजन चेल्सीलाई सोचेअनुरुप सफलता दिलाउन सकेका थिएनन, तर कोन्टेकै प्रशिक्षणमा चेल्सीले एक इंग्लिस प्रिमियर लिग र एक एफए कपको उपाधी जितेको थियो।

चेल्सीको नयाँ प्रशिक्षकमा नियुक्त भएका ५९ बर्षीय सारीले नापोलीमा बिताएका तीन सिजनमा क्लबलाई दुई पटक दोश्रो स्थानमा पुर्याएका थिए भने एकपटक तेश्रो स्थानमा पुर्याएका थिए । सारीले सन् २०१७ मा सेरी–ए को उत्कृष्ट प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका थिए। 

तीन वर्षका लागि चेल्सीमा आवद्ध भएका सारीले आफु चेल्सीको नयाँ प्रशिक्षकमा नियुक्त भएकोमा खुसी व्यक्त गरेका छन् । उनले चेल्सीसँगको नयाँ सम्झौताले आफ्नो खेल जिवनमै नयाँ आयाम थपेको र यसले आफुलाई उत्साहि बनाएको उल्लेख गरेका छन्। 

 

प्रकाशित: ३० असार २०७५ १२:५५ शनिबार

चेल्सीको प्रशिक्षकमा सारी