खेल

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

मिडियाकप फुटसलमा सहभागि नागरिक पूर्वेली टिमका सदस्यहरू। तस्बिर/नागरिक

विराटनगर – विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।

नेपाल पत्रकार महासंघ मोरङको प्रबद्र्धनमा ओवी मिडिया प्रालिले शनिबार आयोजना गरेको फुटसलको फाइनलमा न्यूसृष्टि दैनिकस“ग पराजीत हु“दै नागरिक पूर्वेली टिम उपविजेता बनेको हो। 

न्यूसृष्टि दैनिकले नागरिक पूर्वेलीलाई ८–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै विजेता बनेको हो। नागरिक पूर्वेली टिमका रोशन वुढाथोकीले फाइनल खेलमा एक गोल फर्काएका थिए। 

नेपाली टाइम्स मिडियालाई नागरिक पूर्वेली टिमले ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। मिडिया कप फुटसलमा नागरिक पूर्वेली, उद्घोष दैनिक, न्यूसृष्टि दैनिक, मकालु टेलिभिजन, जनविद्रोह दैनिक, कोसी एफएम र आयोजक ओवि मिडिया र नेपाली टाइम्स टिम सहभागि थिए । 

प्रकाशित: ३० असार २०७५ १२:३२ शनिबार

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित