खेल

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौं – दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरे। 

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन्। उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताए। 

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ। यही असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। उक्त प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ।  (रासस)

प्रकाशित: २९ असार २०७५ ११:११ शुक्रबार

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु