खेल

माहरेज म्यानचेष्टर सिटीमा

लन्डन – अल्जेरियका विंगर रियाद माहरेज मंगलबार म्यानचेष्टर सिटीमा अनुबन्ध भएका छन्। विंगर माहरेजलाई सिटीले ६० करोड पाउन्डमा अनुबन्ध गरेको  हो। 

यस अघि सिटीले माहरेजलाई ८ करोड पाउन्डमा लेस्टरसँग प्रस्ताव गरेको थियो। साथै सिटीले १५ करोड पाउन्ड मूल्य भएका युवा विंगर प्याट्रिक रोर्बटोलाई ५ करोड पाउन्डमा किन्ने प्रस्ताव गरेको छ। माहरेजलाई लेस्टरले तोकेका मूल्य भन्दा कम मूल्यमा मसिटीलाई बेचेको हो। 

२७ वर्षे माहरेजको टोली लेस्टर सिटीले २०१६ को उपाधि जित्दा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले लेस्टरसँग पाँच वर्षे सम्झौता गरेका थिए। 

‘सिटीमा अनुबन्ध हुन पाएको खुसी लागेको छ, पेप ग्वार्डिओलाको प्रशिक्षणमा खेल्न पाउँदैछु,’ माहरेजले सिटीको वेभसाइटमा भनेका छन, ‘क्लबमा देख्दा खुसी लाग्छ । पेपले आक्रमक खेल खेलाउँछन, जुन मेरो लागि उपयुक्त हुन्छ र पछिल्लो सिजन इङ्लिस प्रिमियर लिगमा सिटीले उत्कृष्ट प्रदर्शन गरेको थियो।’

पहिलो प्रस्तावमा महारेजलाई सिटीले अस्वीकार गर्दा उनी पछिल्लो समय उनी निराश थिए । सिजनको सुरुआती दुई खेलमा उनी बेन्चमा रहेका थिए। 

‘उनीहरुले इङ्लिस खेललाई प्रस्टाउँदै छन् र म त्यसको सदस्य बन्न चाहन्छु,’ माहरेजले भने, ‘मेरो विचारमा हामी आउँदो वर्ष पनि सफल हुनेछौं र पेपको प्रशिक्षणमा मेरो खेल पनि विकास हुनेछ ।’ सिटीका निर्देशक जिकी बेगिरिस्तानले महारेजको आक्रमक क्षमताले केभिन डी बु्रयना, लोरी साने र सर्जियो अग्युरोलाई साथ मिल्ने बताए। 

लेस्टर सिटीका लागि महारेजले १ सय ७९ खेल खेल्दै ४८ गोल गरेका छन् । उनकै उत्कृष्ट खेलको मद्दतमा २०१६ को इङ्लिस प्रिमियर लिग विजेता लेस्टर सिटी जितेको थियो । सोही सिजनको च्याम्पियन्स लिगमा महारेजको टोली लेस्टर क्वाटरफाइनलसम्म पुगेको थियो।

 

प्रकाशित: २८ असार २०७५ ०६:५० बिहीबार

माहरेज म्यानचेष्टर सिटीमा