खेल

इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र क्रोएसियाबीचको दोश्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको हो।  पहिलो हाफको ५ औं मिनेटमानै इंग्ल्याण्डले कायरन ट्रिपियरको गोल मार्फत अग्रता बनाएपनि दोश्रो हाफको ६८ औं मिनेटमा इंग्ल्याण्ड बराबरी गोल खान पुगेको थियो। क्राेएसियाकालागि इभान पेरिसिचले बराबरी गाेल गरेका हुन्।

 

प्रकाशित: २७ असार २०७५ १९:५२ बुधबार

इंग्ल्याण्ड क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो