खेल

हारबाट नयाँ यात्रा सुरु : जिमिनेज

मस्को – उरुग्वेका रक्षक जोसे मारिया जिमिनेजले रूस विश्वकपबाट खाली हात फर्किए पनि यहींबाट आपूmहरूको नयाँ यात्रा सुरु भएको बताएका छन्।

‘हामी निराश छाैं, किनभने हाम्रो अघिल्लो चरण प्रवेशको लक्ष्यमा पूर्णविराम लागेको छ,’ जिमिनेजले भने, ‘हामीले खेलको अन्त्यसम्म प्रयास गरे पनि खाली हात फर्कन बाध्य भयाैं ।’

क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा १ गोल मात्र खाएको उरुग्वेले बलियो रक्षांपक्तिको उदाहरण पेस गरेको थियो । तर शुक्रबार पहिलो क्वार्टरफाइनलमा फ्रान्सलाई २–० को नतिजा सुम्पिएको उरुग्वेको रूस यात्रा क्वार्टरफाइनलमा सीमित भएको थियो।

‘खेल हामीले सोचेजस्तै भयो । खेल निकै कठिन थियो, जहाँ दुवै टोली विपक्षीको गल्तीको फाइदा उठाउने लक्ष्यमा थिए,’ जिमिनेजले भने। अन्ततः ६१औं मिनेटमा गोलकिपर फर्नान्डो मुस्लेराले गरेको गल्ती उरुग्वे टोलीका लागि महँगो साबित भयो।

‘मैले उरुग्वेबाट धेरै वर्ष खेलिसकेको छु तर टोलीमा भएका माटियास भेसिनो, लुकास टोरेरा, रोडरिगो, रोडरिगो बेन्टानकुर र डिएगो लाक्साल्टजस्ता युवा खेलाडीको उपस्थितिले टोलीको मनोबल थप बढेको छ । रूसको यात्रा सकिए पनि हाम्रो यात्रा रोकिएको छैन,’ उनले थपे, ‘यो नयाँ यात्राको सुरुआत हो।’

प्रकाशित: २३ असार २०७५ २२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App