खेल

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

रूस – विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वेको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि छ।

फ्रान्सका लागि ४० औं मिनेटमा राफेल भरानेले गोल गरेका छन्। उरुग्वेका रोड्रिगो बेन्टनकुरले फ्रान्सका कोरेन्टिन टोलिस्सोलाई फउल गरेपछि एन्टोनीयो ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकमा भरानेले उत्कृष्ट हेड गोल गरेका हुन्। दुवै टोलीले पहिलो हाफमा पाएका केहि अवसर सदुपगोग गर्न सकेनन्।

प्रि क्वाटरफाइनलमा पोर्चुगलसँग भएको खेलमा घाइते भएका उरुग्वेका एडिन्सन काभानी आजको खेलमा उपस्थित छैनन्। काभानीले २ गोल गर्दै उरुग्वेलाई क्वाटरफाइलमा प्रवेश गराएका थिए। 

समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा उरुग्वे विजयी भएको थियो भने पोर्चुगललाई शीर्ष १६ अन्तर्गतको खेलमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । उरुग्वेले प्रतियोगितामा हालसम्म विपक्षी टोलीबाट एक मात्रै गोल खाएको छ भने कुल ७ गोल गरेको छ । 

यस्तै समूह चरणका खेलमा दुइमा जीत र एकमा बराबरीको नतिजा निकालेको फ्रान्सले समेत आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शीर्ष १६ अन्तर्गतको खेलमा अर्जेन्टिना जस्तो बलियो टोलीलाई ४–३ को नमिठो हार चखाएको फ्रान्सको आक्रामक खेल शैली उसको बलियो पक्ष रहेको छ। दुवै टोली अपराजित रहँदै विश्वकपको क्वाटरफाइनलमा पुगेका हुन्।

 

प्रकाशित: २२ असार २०७५ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App