खेल

जापान र बेल्जियमको पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडाैं - विश्वकप फुटबलको शिर्ष १६ मा भिडिरहेका जापान र बेल्जियमले पहिलो हाफको खेल गोररहित बराबरीमा टुङ्ग्याएका छन्।

रुसको रोस्टोभ रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म खेलमा कुनैपनि टोलीले अग्रता कायम गर्न सकेका छैनन्। पहिलो हाफको खेलमा जापानको तुलनामा बेल्जियमले बलियो खेल प्रदर्शन गरेको छ। जापानका गोलरक्षक इजी कावासिमा र डिफेन्डर बेल्जियमको आक्रमणलाई रोक्नमै व्यस्त देखिए भने जापानले पाएका केहि अवसरहरु समेत पहिलो हाफको खेलमा खेर गए।

यो खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्नेछ। 

 

प्रकाशित: १८ असार २०७५ १८:५१ सोमबार

जापान बेल्जियमको पहिलो हाफ गोलरहित बराबरीमा