खेल

ब्राजिल र मेक्सिकोबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडाैं - विश्वकप फुटबलको शिर्ष १६ मा प्रतिष्पर्धा गरिरहेका ब्राजिल र मेक्सिकोले पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेका छन्।

रुसको सामरा स्थित सामरा रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोलीका तर्फबाट गोल हुन सकेको छैन। पाँच पटकको विश्वविजेता ब्राजिललाई पहिलो हाफको खेलमा मेक्सिकोले बलियो चुनौती दिएको छ। आजको खेलमा ब्राजिलका मार्सेलोले घाइते भएका कारण मेक्सिको विरुद्धको खेल गुमाएका छन्।

यो खेलको विजेताले आजै राती पौने १२ बजे हुने जापान र बेल्जियमबीचको खेलको विजेतासँग क्वार्टरफाइनलमा प्रतिष्पर्धा गर्नेछ।  
 

प्रकाशित: १८ असार २०७५ १४:५१ सोमबार

ब्राजिल मेक्सिकोबीचको पहिलो हाफ गोलरहित बराबरी