खेल

पहिलो हाफमा पोर्चुगल विरुद्ध उरुग्वेको अग्रता

काठमाडाैं - उरुग्वेले पोर्चुगल विरुद्धको पहिलो हाफको खेलमा एक शुन्यको अग्रता बनाएको छ।

रुसको फिस्ट रङ्गशाला सोचीमा जारी नकआउट चरणको पहिलो हाफको खेल सकिँदा उरुग्वेले खेलको ७ औं मिनेटमा अग्रता बनाएको हो। उरुग्वेकालागि एडिन्सन काभानीले लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत गोल गरेका थिए।

उरुग्वे समूह ए को विजेता हो भने पोर्चुगल समूह बी को उपविजेता हो। उरुग्वेले समूह चरण अन्तर्गत खेलेका सबै खेलमा जित निकालेकाे थियो भने पोर्चुगलले दुई खेलमा बराबरी तथा एक खेलमा जित निकालेको थियो। उरुग्वेले जारी विश्वकप प्रतियोगितामा हालसम्म विपक्षी टोलीका तर्फबाट गोल खाएको छैन ।  

दुवै टोली शनिबारको खेलमा ४-४-२ को रणनीतिमा मैदान उत्रीएका छन्। यो खेलको विजेताले क्वाटरफाईनलमा फ्रान्सको सामना गर्ने छ ।

प्रकाशित: १६ असार २०७५ १८:४६ शनिबार

पहिलो हाफमा पोर्चुगल विरुद्ध उरुग्वेको अग्रता