खेल

पहिलो हाफमा इंग्ल्याण्ड र बेल्जियमको बराबरी

काठमाडाैं - समूह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका इंग्ल्याण्ड र बेल्जियमले पहिलो हाफको खेल गोलरहित बराबरी खेलेका छन्।

पहिलो हाफको खेलमा अधिकांश समय इंग्ल्याण्डले बल आफ्नो नियन्त्रणमा रोखेपनि गोलकालागि भने बेल्जियमले बढी अवसर सिर्जना गरेको थियो। तर बेल्जियमले अग्रता बनाउन भने सकेको छैन। पहिलो हाफमा इंग्ल्याण्डले प्रहार गरेका कुनै पनि बल गोलपोष्टको फ्रेममा परेनन् भने बेल्जियमले गरेका तिन प्रहार इंग्ल्याण्डको गोलरक्षले बचाएका थिए।

आजको खेलमा इंग्ल्याण्डले सुरुवाती ११ मा ८ परिवर्तन गरेको थियो भने बेल्जियमले ९ परिवर्तन गरेको थियाे। दुवै टोलिले आफ्नो पहिलो रोजाईको टोलीलाई मैदानमा उतारेका छैनन्।

इंग्ल्याण्ड र बेल्जियम यो खेल अघिनै नकआउट चरण प्रवेस गरिसकेका छन्। समूह जी अन्तर्गतको यो खेलको विजेता जापानसँग खेल्नेछ भने उपविजेताले कोलम्बियासँग खेल्नेछ।
 

प्रकाशित: १४ असार २०७५ १८:५६ बिहीबार

पहिलो हाफमा इंग्ल्याण्ड बेल्जियमको बराबरी