खेल

सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

रूस – विश्वकपकाे  समूह ‘ए’ अन्तर्गत सोमबारै हुने अर्को खेलमा समूह चरणबाट बाहिरिसकेका इजिप्ट र साउदी अरेबिया आमाने हुँदैछन्। दुवै टोली अन्तिम खेलमा जित हात पार्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

पहिलो खेलमा उरुग्वेलाई इन्जुरी समयमा १–० को नतिजा सुम्पिएको इजिप्टले दोस्रो खेलमा आयोजक रूससँग ३–१ ले पराजित भएको थियो।  

काँधको चोटका कारण पहिलो खेलमा बेन्चमा बसेका मोहम्मद सालाह रूसविरुद्ध मैदान फर्किए पनि उनको उपस्थिति २८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्टलाई अघिल्लो चरण प्रवेश गराउन पर्याप्त भएन।

त्यस्तै पहिलो खेलमा रूसलाई ५–० को नतिजा सुम्पिएको साउदी अरेबियाले दोस्रो खेलमा उरुग्वेविरुद्ध जुझारु प्रदर्शन गरे पनि १–० ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको थियो।

प्रकाशित: ११ असार २०७५ ११:५२ सोमबार

सुखद अन्त्यको अपेक्षामा इजिप्ट साउदी अरेबिया