खेल

पहिलाे हाफमा काेलम्बियाकाे अग्रता

काठमाडाैं - पहिलो हाफको खेलमा कोलम्बियाले पोल्याण्ड विरुद्ध अग्रता बनाएको छ। कजान रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिँदा कोलम्बियाले एक शुन्य गोल अन्तरको अग्रता बनाएको हो।

कोलम्बियाकालागि खेलको ४० औं मिनेटमा येरि मिनाले जेम्स रोड्रिगेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत डि बक्स भित्रबाट सुन्दर गोल गरे। गोलकालागि थुप्रै अवसर पाएको कोलम्बियाका प्रयासलाई पोल्याण्डको डिफेन्सले रोकेको थियो।

खेलको ३२ औं मिनेटमा कोलम्बियाका एबेल एगुइलर घाईते हुन पुग्दा उनको स्थानमा मेटस युरिबलाई ल्याईएको थियो।

प्रकाशित: १० असार २०७५ १८:५७ आइतबार

पहिलाे हाफमा काेलम्बियाकाे अग्रता