खेल

पहिलाे हाफमा जापान र सेनेगलकाे बराबरी

काठमाडाैं - एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै जापानले सेनेगल विरुद्ध पहिलो हाफमा बराबरी खेलेको छ।

समुह एच अन्तर्गत इकाटेरिनवर्ग रङ्गशालामा जारी खेलमा पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको हो। सेनेगलले साडियो मानेको गोल मार्फत ११ औं मिनेटमा अग्रता बनाएको थियो। जापानका गोलरक्षक इजि कावासिमाकाे हातमा लागेर अाएकाे बलमा सेनेगलका मानेले गोलपोष्ट नजिकैबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

एक गोलले अग्रता कायम गर्दै अघि बढेको सेनेगललाई पहिलो हाफमा बराबरीमा रोक्न जापानका ताकासि इनुइले नागाटोमोको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे। त्यसपछि खेलमा अग्रता बनाउन दुवै टोलीका तर्फबाट प्रयास भएपनि गोल हुन नसक्दा पहिलो हाफको खेल एक एक गोलको बराबरीमा सकिएको हो ।

प्रकाशित: १० असार २०७५ १५:५६ आइतबार

पहिलाे हाफमा जापान सेनेगलकाे बराबरी