खेल

उच्च मनोबलमा मेक्सिको, बाहिरिने खतरामा कोरिया

मेक्सिको र कोरियाबीच खेल हुने रोस्टोभ रङ्गशाला ।

काठमाडौं - समुह चरणको आफ्नो पहिलो खेलमा जर्मनी जस्तो बलियो टोलीलाई एक शुन्यको हार चखाएको मेक्सिको शिर्ष १६ मा उक्लने लक्ष्यका साथ शनिबारको (अाज)  खेलमा दक्षिण कोरिया विरुद्ध मैदानमा उत्रदैछ। जर्मनी विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको मेक्सिको त्यहि खेलको लयलाई आज हुने कोरिया विरुद्धको खेलमा समेत दोहर्याउन चाहन्छ। आजको खेल जितेको खण्डमा मेक्सिको  शिर्ष १६ मा पुग्ने सम्भावना बलियाे हुनेछ।

पहिलो खेलमा बलियो टोलीलाई पराजित गर्दै तिन अंक सुरक्षित गरेको कारण आजको खेलमा मेक्सिको उच्च मनोबलका साथ मैदान उत्रनेछ भने अर्को चरण प्रवेसको सम्भावना जिवितै राख्न जित आवश्यक रहेको कोरिया दबाबमा हुनेछ। आजको खेलमा पराजित भएको खण्डमा कोरिया प्रतियोगिताको समुह चरणबाटै बाहिरिने खतरा बढेर जानेछ। कोरिया आफ्नो पहिलो खेलमा स्विडेनसँग एक शुन्य गोलले पराजित भएको थियो।

दक्षिण कोरियाले विश्वकप फुटबल अन्तर्गत खेलेका पछिल्ला सात खेलमा जित निकाल्न सकेको छैन भने पछिल्ला तिन खेलमा गोल समेत गर्न सकेको छैन।

आज हुने यि दुई राष्ट्रबीचको खेल नेपाली समय अनुसार राती पौने ९ बजे रोस्टोभ रङ्गशालामा हुनेछ।  
 

प्रकाशित: ९ असार २०७५ १३:२१ शनिबार

मनोबलमा मेक्सिको बाहिरिने खतरामा कोरिया