खेल

आधुनिक र नमुना रंगशाला निर्माण हुने

मटिहानी नगरपालिकामा निर्माण हुन गइरहेको रंगशालाको शिलान्यास गरिदैँ। तस्वीर : महेशकुमार दास/नागरिक

महोत्तरी – मटिहानी नगरपालिकामा खेलकुद क्षेत्रको विकासका लागि आधुनिक रंगशाला निर्माण हुने भएको छ।

अढाई विग्हा क्षेत्रफलमा रंगशाला निर्माणा हुने रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष बैद्यनाथ मण्डलले बताए। मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले रंगशाला निर्माणकाे शिलान्यास गरेसँगै निर्माण कार्य अघि बढेको अध्यक्ष मण्डलले बताए।  नगरपालिकाको २५ लाख लागतमा रंगशालाको  प्रथम चरणको काम सुरु भइसकेको उनकाे भनार्इ छ।

प्रथम चरणमा मञ्च र पश्चिम पटिको पर्खाल निर्माण कार्य गरिने र आगामी वर्ष थप वजेट छुट्याएर महोत्तरी जिल्लामै नमुना र आधुनिक रंगशला निर्माण कार्य सम्पन्न हुने मेयर मण्डलले बताए। रंगशाला निर्माणको डिपिआर पनि सम्पन्न भइ सकेको बताइएकाे छ।

महोत्तरीमा ठुलाे रंगशाला नहुँदा खेलकुद क्षेत्र धरासायी बनेकाेमा रंगशाला बनेपछि खेल क्षेत्रमा विकास हुने विश्वास लिइएकाे उनले बताए। यसका साथै नगरपालिकाले विभिन्न खेलकुदको आयोजनाका लागि समेत बजेट्याउने प्रतिवद्धता जनाए।

प्रकाशित: ९ असार २०७५ ०६:२८ शनिबार

आधुनिक नमुना रंगशाला निर्माण हुने