खेल

इजिप्टले उजुरी गर्ने

भोल्गोगार्ड – आयोजक रूसविरुद्धको खेलमा ३–१ ले पराजित भएको इजिप्टले म्याच अफिसियलविरुद्ध फिफामा उजुरी गर्ने भएको छ।

इजिप्सियन फुटबल संघका अध्यक्ष ह्यानी अबो रिदाले उक्त खेलमा म्याच अफिसियल्सले न्याय नदिएको बताउँदै उजुरी गर्ने बताए । उनले कुन कारणमा उजुरी गर्ने भन्नेमा केही खुलाएका छैनन्।

आत्मघाती गोलबाट अग्रता पाएको रूसले इजिप्टका रक्षक अहमद फथीलाई धकेलेको भए पनि रेफ्रीले फाउल नदिएको अबो रिदाले आरोप लगाएका हुन् । यस्तै दोस्रो हाफमा इजिप्टका फरवार्ड मारवान मोहसेनलाई पेनाल्टी बक्समा लडाउँदा रेफ्रीले वास्ता नगरेको उनको आरोप छ।

इजिप्ट पहिलो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पनि पराजय भोगेपछि २८ वर्षमा पहिलो पटक विश्वकपमा फर्केको इजिप्टको यात्रा टुंगिएको छ । समूहचरणको अन्तिम खेलमा सोमबार इजिप्टले एसियाली टोली साउदी अरेबियासँग खेल्दै छ।

प्रकाशित: ८ असार २०७५ २०:३१ शुक्रबार

इजिप्टले उजुरी गर्ने