खेल

पहिलाे जितकाे खाेजीमा रहेकाे अर्जेन्टिकाे पहिलाे हाफ बराबरी

काठमाडाैै - पहिलो जितको खोजीमा रहेको अर्जेन्टिनाले पहिलो हाफको खेल सकिँदा सम्म क्रोयसियासँग गोल रहित बराबरी खेलेको छ।

समुह डी अन्तर्गत निज्नी नोभगोरोड रङ्गशालामा जारी खेलमा दुवै टोलीले गोलका लागि केहि अवसर प्राप्त गरेपनि गोल गर्न भने असफल रहे। पहिलो खेलमा आइसल्याण्डसँग एक एकको बराबरी खेलेको अर्जेन्टिना अर्को चरण प्रवेसलाई सहज बनाउन आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको छ।

यता पहिलो खेलमा नाइजेरियालाइ पराजित गरेको क्रोयसिया आजको खेलमा जित दर्ता गर्दै शिर्ष १६ मा स्थान बनाउन चाहन्छ।

खेलअघि प्रतिक्रिया दिँदै क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिकले अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क रहेको बताएका थिए। अर्जेन्टिना विरुद्धको खेलका बारेमा आफ्नो धारणा राख्दै ड्यालिकले अर्जेन्टिनासँगको खेल आफूहरुका लागि सहज भएको प्रतिक्रिया दिएका थिए।
 

प्रकाशित: ७ असार २०७५ १८:५८ बिहीबार

पहिलाे जितकाे खाेजीमा रहेकाे अर्जेन्टिकाे पहिलाे हाफ बराबरी