खेल

इरानको बलियो डिफेन्स, स्पेनसँगको पहिलो हाफ बराबरी

काठमाडौ - विश्वकप फुटबलको समुह बी अन्तर्गत स्पेन र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो हाफको खेलमा अधिकांश समय स्पेनले आफ्नो पक्षमा बल राखेपनि इरानको डिफेन्सलाई चिर्न सकेको छैन। स्पेनकालागी आजको खेल अर्को चरण प्रवेसका लागी महत्वपुर्ण रहेको छ। आजको खेलमा हार व्यहोरेको खण्डमा स्पेनको अघिल्लो चरण प्रवेस कठिन बन्नेछ।

स्पेनले आफ्नो अघिल्लो खेल पोर्चुगलसँग बराबरी खेलेको थियो भने इरानले यसअघिको खेलमा मोरक्कोलाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित: ६ असार २०७५ १८:५८ बुधबार

इरानको बलियो डिफेन्स स्पेनसँगको पहिलो हाफ बराबरी