खेल

मुस्लिम महिला रंगशालामा

तेहेरान – इरान सन् २०१० को विजेता टोली स्पेनविरुद्ध बुधबार मैदान उत्रिँदा इरानी महिला पनि आफ्ना खेलाडीको समर्थनमा राजधानी तेहेरानको सबैभन्दा ठूलो रंगशालामा उपस्थित भए।

मुस्लिम समुदायका महिला खेलकुद गतिविधिमा सहभागी भई बुधबार इरानलाई समर्थन गर्दै स्पेनविरुद्धको खेल हेर्न ठूलो पर्दामा सहभागी भएको पहिलो उदाहरण हो।

पहिलो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेपछि हजारौं समर्थक सडकमा उत्रिएर विजयोत्सव मनाएका थिए, जसमा सबैभन्दा बढी महिला सहभागिता थियो । उक्त खेल हेर्न १० हजारभन्दा बढी महिला समर्थक रंगशाला उपस्थित भएका थिए।

प्रकाशित: ६ असार २०७५ १८:१३ बुधबार

मुस्लिम महिला रंगशालामा