खेल

रिभ्युमा ब्राजिलको प्रश्न

सोची – ब्राजिल फुटबल संघ (सिबिएफ) ले फिफासमक्ष आइतबार स्विरल्यान्डविरुद्धको खेल दौरान प्रयोग गरिएको भिडियो रिभ्युको प्रक्रियाका बारेमा प्रश्न उठाएको छ।

सिबिएफले उक्त खेलको दोस्रो हाफमा ब्राजिलविरुद्ध लिइएको दुई महत्वपूर्ण निर्णयका बारेमा फिफाको स्पष्ट धारणा माग गरेको हो।

५०औं मिनेटमा स्विट्जरल्यान्डका मिडफिल्डर स्टेफन जुबेरले बराबरी गोल फर्काउँदा आफ्ना रक्षक मिरान्डामाथि फाउल भएको र स्ट्राइकर ग्याब्रियल जिससमाथि पेनाल्टी बक्समा फाउल हुँदा पेनाल्टी हुनुपर्नेमा दुवै निर्णय आफ्नो विपक्षमा दिइएको सिबिएफले आरोप लगाएको छ।

सिबिएफले दुवै निर्णयमा भिडियो सहायक रेफ्री (भिएआर) को प्रयोग गर्नुपर्नेमा रेफ्रीले आफुखुसी निर्णय लिएकाले उनको निर्णयमा स्पष्ट गल्ती देखिएको दाबी गरेको छ । फिफाले सबै खेलको पहिलो हाफको अन्त्यपछि र खेलपछि भिडियो रिभ्यु हेरिने बताए पनि आफूहरूको खेलमा उक्त प्रक्रिया प्रयोग भए नभएको सार्वजनिक गर्न माग गरेको हो।

प्रकाशित: ५ असार २०७५ २०:५१ मंगलबार

रिभ्युमा ब्राजिलको प्रश्न