खेल

रसिया र इजिप्टको पहिलो हाफ बराबरी,सालाह पहिलो खेल खेल्दै

रसिया - मंगलबार रातीबाट सुरु भएका समुह चरण अन्तर्गतको दोश्रो राउण्डको पहिलो खेलमा आयोजक रसिया र इजिप्टबीचको खेल जारी छ।

खेलको पहिलो हाफ सकिँदा सम्म दुबै टोलीका तर्फबाट गोल हुन सकेको छैन। दुबै टोलीले आक्रामक खेल प्रदर्शन गरिरहेपनि गोल भने हुन सकेको छैन। पहिलो खेलमा उरुग्वेसँग एक शुन्य गोल अन्तरले पराजित भएपछि आजको खेलमा इजिप्ट दबाबमा रहेको छ।

अर्को चरणमा प्रवेस पाउन आजको खेल इजिप्टकालागी महत्वपुर्ण रहेको छ। आजको खेलमा च्याम्पियन्स लिगको फाइनलमा घाईते भएका मोहम्मद सालाह खेलिरहेका छन् । उनले उरुग्वेसँगको खेल भने गुमाएका थिए।

प्रकाशित: ५ असार २०७५ १८:५५ मंगलबार

रसिया इजिप्टको पहिलो हाफ बराबरीसालाह पहिलो खेल खेल्दै