खेल

मनाङलाई हराउँदै फारवेस्ट विजयी

तस्बिर : गाेल नेपाल

काठमाडौं– ललितकृष्ण श्रेष्ठ स्मृति युथ अण्डर १८ फुटबल प्रतियोगितामा फारवेस्ट फुटबल क्बल विजयी भएको छ। 

सोमबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मनाङ मर्स्याङ्दीलाई ४–२ गोल अन्तरले पराजित गर्दै फारवेस्ट विजयी भएको हो। 
फारवेस्टको जितमा राजीव चौधरी, किरण बोहरा, नविन भट्टराई र विजे क्षत्रीले गोल गरे। किरण बोहरा म्यान अफ म्याच भए।

फारवेस्टले लिगको अन्तिम खेल असार ८ गते हिमालयन शेर्पासँग खेल्नेछ।

अखिल नेपाल फुटबलको संघको आयोजनामा जेठ २९ बाट सञ्चालन भइरहेको खेलको विजेताले ३ लाख पुरस्कार पाउनेछ।

प्रकाशित: ४ असार २०७५ १३:४६ सोमबार

मनाङलाई हराउँदै फारवेस्ट