खेल

विश्वकप फुटबल : पहिलो हाफको खेलमा जर्मनीविरूद्ध मेक्सिकाकाे अग्रता

रूस – विश्वकप फुटबलको जर्मनी र मेक्सिकोबीचको पहिलो हाफको खेल सकिएको छ। मस्कोको लुज्निकी रंगशालामा जारी खेलमा मेक्सिकोले अग्रता लिएको छ।

मेक्सिकोको लागि खेलको ३५ औं मिनेटमा हिर्भिङ लोजानोले गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा साविक विजेता जर्मनीलाई मेक्सिकोले निकै कडा चुनौती दिएको छ। पहिलो हाफको खेलमा ६४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा पारेपनि जर्मनीले गोल गर्न सकेन्।

जर्मनीले प्रहार गरेका थ्रुप्रै प्रहार मेक्सिकोका गोलकिपरले बचावट गरेका छन्। मेक्सिकोले पहिलो हाफको खेलमा निक्कै आक्रमक खेल खेलेको छ। मेक्सिकोले प्रहार गरेका धेरैजसो प्रहारलाई जर्मनीका गोलकिपरले विफल तुल्याएका छन्। 

प्रकाशित: ३ असार २०७५ १५:४५ आइतबार

विश्वकप फुटबल पहिलो हाफको खेलमा जर्मनीविरूद्ध मेक्सिकाकाे अग्रता