खेल

कोलारोभको उत्कृष्ट गोलमा सर्बियाद्वारा कोष्टारिका पराजित

रूस – कप्तान एलेक्जेन्डर कोलारोभले फ्रिकिक मार्फद उत्कृष्ट गोल गरेपछि विश्वकप फुटबलको समुह ‘ई’ को खेलमा सर्बियाले कोष्टारिकालाई १–० ले पराजित गरेको छ।

समारा एरिना रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा सर्बियाको जितमा ५६ औं मिनेटमा कोलारोभले फ्रिकिकमा निर्णायक गोल गरे। कोष्टारिकाका खेलाडीले सर्बियाक खेलाडीलाई फउल गरेपछि पाएको फ्रिकिकमा उनले बललाई शानदार तरिकाले पोस्टको दिशा दिए। 

खेलमा ५३ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि कोष्टारिकाले गोल भने गर्न सकेन्। निर्धारित समयमा दुवै टोलीले बनाएका केहि सुन्दर मौकालाई गोलमा परिणत भने गर्न भने सकेनन्। सर्बियाकाले गरेका केहि उत्कृष्ट प्रहारलाई कोष्टारिकाका गोलकिपर केलर नाभासले विफल तुल्याइदिएका थिए।

खेलमा कोष्टारिकाले १८ र सर्बियाले १५ फाउल गरेको थियो। त्यस्तै दुवै टोलीले १०–१० पोष्ट प्रहार गरेका थिए। दुवै टोलीका खेलाडीले दुई–दुई पहेलो कार्ड पाएका थिए। जितसँगै सर्बियाले महत्वपूर्ण ३ अंक जोडेको छ।

सर्बियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। युरोपेली छनोट प्रतियोगिता अन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट पक्का गरेको हो। युगोस्लाभियाको नामबाट १९३० कै संस्करणबाट विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो। २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो।

यता चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा कोस्टारिकाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। यसपाली पनि त्यही उपलब्धिलाई निरन्तरता दिने लक्ष्यका टोलीको रहेको छ।

प्रकाशित: ३ असार २०७५ १४:०० आइतबार

कोलारोभको उत्कृष्ट गोलमा सर्बियाद्वारा कोष्टारिका पराजित