खेल

स्पेनविरुद्ध पोर्चुगलको अग्रता

रसिया - समुह बी अन्तर्गतको दोश्रो खेलमा अहिले स्पेन र पोर्चुगलबीच खेल भइरहेको छ। खेलको पहिलो हाफ सकिँदा सम्म पोर्चुगलले खेलमा अग्रता कायम गरेको छ।

खेल शुरु भएको चौथौ मिनेटमानै पोर्चुगलले खेलमा अग्रता लिएको थियो। स्पेनका नाचोले पेनाल्टी एरियाभित्र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई लडाएपछि रोनाल्डोलेनै पेनाल्टी मार्फत गोल गरेका थिए। रोनाल्डोले प्रहार गरेको बल स्पेनका गोलकिपर डेभिड डि गे ले अनुमान समेत लगाउन सकेनन्। स्पेनका लागी भने खेलको २४ औं मिनेटमा डिएगो कोस्टाले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा पोर्चुगलका रोनाल्डोले व्यक्तिगत दुई गोल गर्दै स्पेन विरुद्धको खेलमा आफ्नो टोलीलाई अग्रता दिलाए।

आक्रामक खेल खेलीरहेका दुवै टोलीले पाएका अवसरहरुलाई सदुपयोेग गर्न पछि परेका छैनन्।

प्रकाशित: १ असार २०७५ १८:५६ शुक्रबार

स्पेनविरुद्ध पोर्चुगलको अग्रता