खेल

तेस्रो ट्रायथलन च्याम्पिएन बने नेपाली सेनाका सुबेदी

स्वीमिङ गर्दै प्रतिस्पर्धिहरु । तस्बिरः गणेश/नागरिक



रुकुम पूर्व-तेस्रो ट्रायथलन च्याम्पिएनसिपको उपाधि नेपाली सेनाका हेमसागर सुवेदीले हात परेका छन्।

१४ जना प्रतिस्पर्धिलाई पछि पार्दै सुवेदीले निर्धारित दुरी एक घण्टा २५ मिनेट ३५ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल भए । उनले नगद पाँच हजार रुपैयाँ हात पारे। यस्तै नितेश मानन्धर दोस्रो भए। उनले एक घण्टा ३० मिनेट ३६ सेकेण्डमा दुरी पार गरेका थिए। रूकुम (पुर्व) का पवन केसीले एक घण्टा ३६ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थानमा चित्त बुझाए।

सहभागीहरूलाइ सात सय मिटरको स्वीमिङ, २० किलोमिटरको साइकिलिङ र पाँच किलोमिटरको रनिङ गराइएको थियो। प्रतियोगितामा कुल १४ जनाकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित: २५ जेष्ठ २०७५ १०:५७ शुक्रबार

तेस्रो ट्रायथलन च्याम्पिएन बने नेपाली सेनाका सुबेदी