नुवाकोट– नुवाकोटमा सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।
बिहीबार कास्की ११ सँग प्रतिष्पर्धा गरेको पुलिसले ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब उपाधिका लागि पुलिसले थ्रीस्टारको सामना गर्नेछ।
नुवाकोट मैदानमा तोकिएको ९० मिनेटको समयमा गोलरहित हुन पुगेको खेलमा पेनाल्टीमार्फत पुलिस फाइनलमा उक्लिएको हो। फाइनल खेलमा प्रवेशको लागि पुलिसको तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरेका थिए।
यस्तै पोखरा ११ को तर्फबाट अजित गुरुङ र विश्व अधिकारीले मात्र गोल गरेका थिए। बट्टार क्याम्पसको खेल मैदानमा जारी प्रतिष्पर्धामा २६ गते शनिबार थ्री स्टार र पुलिस क्लब फाइनल खेल खेल्ने जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकारले बताए।
प्रकाशित: २४ जेष्ठ २०७५ १५:४८ बिहीबार