खेल

न्युजिल्याण्डका मुख्य प्रशिक्षक हेसनले दिए राजीनामा

न्युजिल्याण्ड–एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आउनै लाग्दा न्युजिल्याण्डका मुख्य प्रशिक्षक माइक हेसनले राजीनामा दिएका छन्।

४३ वर्षीय हेसनले विहिवार न्युजिल्याण्डको अकल्याण्डमा पत्रकार सम्मेलन मार्फत राजीनामाको घोषणा गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिन र आफ्नो श्रीमती र बालबच्चाहरुलाई समय दिन आफुले राजीनामा दिएको हेसनले बताए।

यता न्युजिल्याण्ड क्रिकेट वोर्डका कार्यकारी प्रमुख डेभीड ह्वाइटले हेसनको निर्धारित कार्यकाल समापन हुन अझै एक वर्ष बाँकी रहेको बताउदै आउँदो विश्वकप क्रिकेट सम्म टोलीलाई सम्हाल्न आग्रह गरेको बताए।

हेसन न्युजिल्याण्ड क्रिकेट टोलीमा सन् २०११ देखी प्रमुख प्रशिक्षकको भुमिकामा रहदै आएका छन्। उनको प्रशिक्षणमा न्युजिल्याण्डले टेस्ट क्रिकेटमा २१ मा जित र २१ मा हार, एकदिवसीय क्रिकेटमा ६५ मा जीत तथा ४६ मा हार र टिट्वान्टी क्रिकेटमा ३० मा जीत तथा २६ मा हार व्यहोरेको छ। हेसनकै नेतृत्वमा न्युजिल्याण्डको टोली सन् २०१५ को विश्वकप फाइनल सम्म पुगेको थियो।

प्रकाशित: २४ जेष्ठ २०७५ ११:४५ बिहीबार

न्युजिल्याण्डका मुख्य प्रशिक्षक हेसनले दिए राजीनामा