खेल

मुस्ताफिजुरद्वारा नाम फिर्ता

ढाका – बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानले अर्को महिना अफगानिस्तानसँग हुने ट्वान्टी–२० खेलमा सहभागी हुन नसक्ने भन्दै मंगलबार टोलीबाट नाम फिर्ता लिएका छन्।

गत सात सम्पन्न इन्डियन प्रिमिरयर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सबाट खेलेका रहमान दिल्ली डेयरडेभिल्सविरुद्धको अन्तिम खेलमा घाइते भएका थिए । भारतबाट फर्किएलगत्तै अभ्यासमा सहभागी भएका रहमानले मंगलबार खेल्न नसक्ने भन्दै नाम भ्रमण टोलीबाट नाम फिर्ता लिएका थिए।

‘हालै गरिएको स्वास्थ परीक्षणमा रहमानको बायाँ खुट्टाको बुढी औंलाको भाँचिएकोे देखियो,’ मंगलबार बंगलादेश क्रिकेट बोर्ड(बीसीबी)ले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘उनलाई चिकित्सकले केही साता आराम गर्न सुझाव दिएकाले उनले भ्रमण टोलीबाट नाम फिर्ता लिएका हुन्।’

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:३७ बिहीबार

मुस्ताफिजुरद्वारा नाम