खेल

नेपाल समूह ‘बी’ मा

काठमाडौं – नेपाल एएफसी यु–१९ महिला च्याम्पियनसिप २०१९ क्वालिफायर्सको समूह ‘बी’ मा परेको छ।

बुधबार एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक पहिलो चरणको खेलतालिकाअनुसार नेपालले अघिल्लो चरण प्रवेशका लागि आयोजक थाइल्यान्ड, भारत, पाकिस्तान र सिंगापुरलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो।

एएफसीले दुई चरणमा छनोट खेल खेलाउने जनाएको छ । जसअन्र्तगत पहिलो चरणमा सहभागी २७ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । सार्वजनिक तालिकाअनुसार समूह ‘ए’, ‘बी’ र ‘सी’ मा समान ५ टोली छन् भने समूह ‘डी’, ‘ई’ र ‘एफ’ मा ४/४ टोली रहेका छन्।

समूह ‘ए’, ‘बी’ र ‘सी’ का छनोट खेलहरू अक्टोबर २० देखि २८ तथा समूह ‘डी’, ‘ई’ र ‘एफ’ का छनोट खेल अक्टोबर २४ देखि २८ सम्म हुनेछन् । प्रत्येक समूहका समूह विजेता र दुई उत्कृष्ट उपविजेता दोस्रो चरणको छनोट खेलका लागि प्रवेश गर्नेछन्।

सन् १०१९ अप्रिल २२ देखि ३० सम्म हुने दोस्रो चरणमा छनोट भएका ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसअन्तर्गत समूहको शीर्ष दुई टोली फाइनल चरणमा लागि प्रवेश गर्नेछन् । उनीहरूले फाइनल चरणमा जापान, चीन र दक्षिण कोरिया तथा आयोजकसँग प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो चरणका खेलको आयोजकको भने टुङ्गो लागिसकेको छैन । एएफसीले अघिल्लो संस्करण (सन् २०१७) का उत्कृष्ट टोलीको रूपमा सोझै फाइनल चरणमा प्रवेश दिइएको जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:२६ बिहीबार

नेपाल समूह बी