खेल

रियल मड्रिडले जित्यो लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं – स्पेनिस फुटबल क्लब रियाल मड्रिडले लगातार तेस्रोपटक  युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।

युक्रेनको राजधानी किएभमा गएराति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि हात पारेको हो।

रियल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले दुई तथा करिम बेन्जमाले एक गोल गरे। खेलमा लिभरपुलका सादियो मानेले एक गोल फर्काएका थिए।

लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामानै मैदानबाट बाहिरिनुले पनि उसलाई ठुलो झड्का लागेको हो। पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि मोहम्मदको काँधमा चोट लाग्यो जसले गर्दा उनले३० औं मिनेटमा मैदान छाड्नु पर्यो।

प्रकाशित: १३ जेष्ठ २०७५ ०१:३४ आइतबार

रियल मड्रिडले जित्यो लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि