खेल

एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

नयाँ दिल्ली– दक्षिण अफ्रिकाका पूर्व कप्तान र विस्फोटक व्याट्सम्यान एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

एघारौं सिजनको आइपीएलमा रोयल च्यालेञ्जर्स बेंग्लोरबाट खेलेका डिविलियर्सले बुधबार सन्यासको घोषणा गर्दै जुलाईमा श्रीलंकासँग हुने द्विपक्षीय सिरिजमा भाग नलिने जानकारी गराएका छन्।

यद्यपी उनले घरेलु क्रिकेटमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। ट्वीटरमा एक भिडियो शेयर गर्दै उनले विश्वभरका फ्यानलाई धन्यवाद भनेका छन्। 

दक्षिण अफ्रिकाको कप्तान रहिसकेका डिविलियर्सले आफ्नो देशका लागि ११४ टेस्ट म्याचमा २२ शतक र ४६ अर्धशतकसहित ८७६५ रन बनाएका छन्। टेस्टमा उनको सर्वाेच्च स्कोर २७८ छ। 

त्यस्तै, २२८ वन डे म्याचमा २५ शतक र ५३ अर्धशतकसहित ९५७७ रन बनाएका छन्। वनडेमा उनको सर्वाधिक स्कोर १७६ रन रहेको छ।

टी–२० मा डिविलियर्सले आफ्नो देशका लागि ७८ म्याच खेल्दै १६७२ रन बनाएका छन्। १० अर्धशतक र सर्वाेच्च स्कोर ७९ छ।

प्रकाशित: ९ जेष्ठ २०७५ १६:०१ बुधबार

एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास